Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह


एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले गाजा पट्टीमा हमास र इजरायलबीच चलिरहेको युद्धविराम सम्झौतालाई पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले दिगो युद्धविराम सुनिश्चित गर्न सम्झौताको दोस्रो चरण शुरु गर्न आग्रह गरेका हुन्। पहिलो चरण पूरा भइसकेको हुनाले अब दोस्रो चरणमा छलफल र परामर्श शुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तिम लक्ष्य युद्धविराम सम्झौतालाई कायम राख्नु रहेको बताए । अब्देलाट्टीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजामा सहायताको प्रवेश रोक्ने निर्णयको निन्दा गरेका छन् ।

गाजामा १५ महिनाभन्दा बढी समयदेखि चलिरहेको घातक द्वन्द्वपछि इजरायल र हमासले जनवरी १९ देखि युद्धविराम सम्झौता लागू गर्दै आएका छन् । युद्धविराम सम्झौताको पहिलो चरण शनिवार समाप्त भएको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?