Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह


एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले गाजा पट्टीमा हमास र इजरायलबीच चलिरहेको युद्धविराम सम्झौतालाई पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले दिगो युद्धविराम सुनिश्चित गर्न सम्झौताको दोस्रो चरण शुरु गर्न आग्रह गरेका हुन्। पहिलो चरण पूरा भइसकेको हुनाले अब दोस्रो चरणमा छलफल र परामर्श शुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तिम लक्ष्य युद्धविराम सम्झौतालाई कायम राख्नु रहेको बताए । अब्देलाट्टीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजामा सहायताको प्रवेश रोक्ने निर्णयको निन्दा गरेका छन् ।

गाजामा १५ महिनाभन्दा बढी समयदेखि चलिरहेको घातक द्वन्द्वपछि इजरायल र हमासले जनवरी १९ देखि युद्धविराम सम्झौता लागू गर्दै आएका छन् । युद्धविराम सम्झौताको पहिलो चरण शनिवार समाप्त भएको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?