Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अस्ट्रियाको नयाँ सरकारद्वारा शपथ ग्रहण


काठमाडौँ। गठबन्धन गठन गर्ने विषयमा पाँच महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्दै अस्ट्रियाको नयाँ सरकारले सोमवार शपथ ग्रहण गरेको छ ।

पिपुल्स पार्टीका नेता क्रिश्चियन स्टकरले सामाजिक लोकतान्त्रिक पार्टी र एनइओएस सँगसँगै तीन–दलीय गठबन्धनको नेतृत्व गर्दै चान्सलरको पदभार ग्रहण गरेका छन् । सोशल डेमोक्रेटिक पार्टीका अध्यक्ष एन्ड्रियास बाबलरले उप–चान्सलरको रूपमा शपथ लिएका छन् । एनइओएस नेता बीट मेइनल–रेइजिङरले विदेशमन्त्रीको भुमिका ग्रहण गर्नुभएको छ । सोमवार बिहान अस्ट्रियाका राष्ट्रपति अलेक्ज्याण्डर भान डेर बेलेनले शपथ ग्रहण समारोहको अध्यक्षता गरे । गत हप्ता, तीन दलहरूले संयुक्त रूपमा आफ्नो सरकारी कार्यक्रम प्रश्तुत गरेका छन् ।

नयाँ सरकारको गठनले आम चुनाव पछि अस्ट्रियाको नयाँ प्रशासनको लागि सबैभन्दा लामो प्रतीक्षाको अन्त्य भएको संकेत गर्दछ । गत सेप्टेम्बरमा भएको संसदीय चुनावमा, फ्रिडम पार्टीले लगभग २९ प्रतिशत मत प्राप्त गर्दै अग्रणी दल बन्यो । त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्र्याटले २१.१ प्रतिशत मत प्राप्त गरेको छ । सबैभन्दा धेरै मत प्राप्त गरे पनि फ्रिडम पार्टीलाई शुरुमा सबै प्रमुख दलहरूले गठबन्धन वार्ताबाट बाहिर राखेका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?