७ जेठ, एजेन्सी । दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–सेभेन का नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा सहभागी नेताहरू शुक्रबारदेखि जापानको
६ जेठ, एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् । कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना
६ जेठ, एजेन्सी । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज
६ जेठ, एजेन्सी । म्यान्मारमा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ । सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ– “एक दशकभन्दा बढी समय म्यान्मार र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।“
६ जेठ, जेनेभा । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ । विश्व
६ जेठ, एजेन्सी । इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ । मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते
६ जेठ, एजेन्सी । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ । यस पुस्तकले ईसापूर्व २५०० देखि नै ‘प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो’ भन्ने
६ जेठ, एजेन्सी । हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ । हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् । उनले पबढी वजन भएका प्रहरी अधिकारीहरूले
६ जेष्ठ ,काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन् । यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति
५ जेठ, एजेन्सी । बेइजिङ समय शुक्रबार बिहान १०:५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।