Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त


९ भदाै, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

क्रेमलिनका अनुसार डोनेट्स्कका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने,“जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।”

रूसी नेता पुटिनले भने, “म प्रिगोजिनलाई सन् १९९० को दशकको सुरुदेखि नै धेरै पहिलेदेखि चिन्दछु । उहाँले आफ्नो जीवनमा गम्भीर गल्ती गर्नुभयो तर मैले उहाँलाई सोध्दा यी पछिल्ला महिनाहरूमा जस्तै उहाँले आफ्नो र साझा उद्देश्यका लागि आवश्यक परिणामहरू पनि हाँसिल गरेको बताउनुभएको थियो ।”

मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ ।

पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किएका थिए । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए ।

मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?