Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा दम्पती पक्राउ


८ भदाै, एजेन्सी । महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ ।

उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई आज बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक महिनाको आफ्नो बच्चालाई चट्टा रेल चोकको पैदलमार्गबाट अपहरण गरेको जानकारी पीडित पक्षबाट प्राप्त भएपछि खोजतलास गरिएको थियो । सिसिटिभी क्यामराका माध्यमबाट अपहरणकारीलाई समात्न सफलता मिलेको उत्तरदिल्लीका प्रहरी प्रमुख सागर सिंहले बताएका छन् ।

अपहरणमा संलग्न सञ्जय गुप्ता र अनिता गुप्ताले गत वर्ष आफ्नो १७ वर्षको छोरा विशाल गुप्ताको मृत्यु भएपछि उनीहरूकी १५ वर्षीया छोरीले रक्षा बन्धनका लागि भाइ चाहिने भन्दै जिद्दी गरेपछि  आमाभन्दा पर सुताइएको त्यो शिशुलाई पैदलमार्गबाट चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?