Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
४ फाल्गुन २०८२, सोमबार
४ फाल्गुन २०८२, सोमबार

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा दम्पती पक्राउ


८ भदाै, एजेन्सी । महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ ।

उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई आज बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक महिनाको आफ्नो बच्चालाई चट्टा रेल चोकको पैदलमार्गबाट अपहरण गरेको जानकारी पीडित पक्षबाट प्राप्त भएपछि खोजतलास गरिएको थियो । सिसिटिभी क्यामराका माध्यमबाट अपहरणकारीलाई समात्न सफलता मिलेको उत्तरदिल्लीका प्रहरी प्रमुख सागर सिंहले बताएका छन् ।

अपहरणमा संलग्न सञ्जय गुप्ता र अनिता गुप्ताले गत वर्ष आफ्नो १७ वर्षको छोरा विशाल गुप्ताको मृत्यु भएपछि उनीहरूकी १५ वर्षीया छोरीले रक्षा बन्धनका लागि भाइ चाहिने भन्दै जिद्दी गरेपछि  आमाभन्दा पर सुताइएको त्यो शिशुलाई पैदलमार्गबाट चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?