Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अमेरिकी फेड ब्याजदर थप बढाउने तयारीमा


९ भदाै, एजेन्सी । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताएका छन् ।

वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा उनले भने, “यदि उपयुक्त भएमा हामी ब्याजदर बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतर्फ दिगो रूपमा तल जाँदैछ भन्ने कुरामा हामी विश्वस्त नभएसम्म प्रतिबन्धात्मक स्तरमा नीति कायम राख्नु आवश्यक छ ।”

करिब डेड बर्षको (१८ महिनाभन्दा कम) समयमा ११ पटक ब्याजदर वृद्धि भएपछि अमेरिकी महत्वपूर्ण कर्जा दर अहिले ५.२५ देखि ५.५ प्रतिशतको बीचमा रहेको छ, जुन २२ वर्षयताकै उच्च स्तर हो ।

यद्यपि, ब्याज दर वृद्धिको द्रूत चक्रले मुद्रास्फीतिलाई रोक्न असफल भएको छ, जुन फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि अड्केको छ ।

केन्द्रीय बैंकरहरूको यस वर्षको ‘ज्याक्सन होल रिट्रीट’ले विश्वव्यापी अर्थव्यवस्थामा संरचनात्मक परिवर्तनहरूको परीक्षण गर्ने क्यान्सास सिटी फेडले एक विज्ञप्तिमा जनाएको छ ।

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लेगार्डले शुक्रबार अपराह्न उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ भने बेलायत र जापानका वरिष्ठ केन्द्रीय बैंकरहरूले शनिबार समूहगत छलफलमा भाग लिनेछन् ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?