Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा पुटिनद्वारा हस्ताक्षर


९ भदाै, एजेन्सी । रूसी अर्धसैनिक लडाकूले रूसी झण्डाको सपथ लिनु पर्ने शुक्रबार हस्ताक्षर गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भनिएको छ ।

निर्देशन अनुसार सपथको उद्देश्य स्वयंसेवक संरचनाका सदस्यहरूमा ‘रूसी सङ्घको रक्षाको लागि आध्यात्मिक र नैतिक आधारहरू निर्माण गर्नु’ रहेको छ ।

क्रेमलिनको वेबसाइटमा प्रकाशित आदेशमा भनिएको छ, “सशस्त्र बललाई दिइएको कार्य सम्पादनमा योगदान पुर्याउने समूह र क्षेत्रीय प्रतिरक्षा एकाइमा पनि यो नियम लागू हुन्छ ।”

“लडाकूहरूले ‘रूसी सङ्घप्रति आफ्नो वफादारी, आफ्ना कमाण्डर र उच्च अधिकारीहरूको आदेशलाई कडाइका साथ पालना गर्नुहोस् र इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गर्नुहोस्,” आदेशमा भनिएको छ ।

प्रिगोजिनले आफ्ना लडाकुहरूलाई मस्कोका उच्च अधिकारीहरूविरुद्ध घातक विद्रोहमा नेतृत्व गरेको दुई महिनापछि राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

वाग्नरको भविष्यबारे सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार भने, “कानुनी रूपमा वाग्नर निजी सैन्य समूहको अस्तित्व छैन ।”

रूसमा भाडाका समूहलाई प्राविधिक रूपमा गैरकानुनी घोषित गरिएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?