Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा पुटिनद्वारा हस्ताक्षर


९ भदाै, एजेन्सी । रूसी अर्धसैनिक लडाकूले रूसी झण्डाको सपथ लिनु पर्ने शुक्रबार हस्ताक्षर गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भनिएको छ ।

निर्देशन अनुसार सपथको उद्देश्य स्वयंसेवक संरचनाका सदस्यहरूमा ‘रूसी सङ्घको रक्षाको लागि आध्यात्मिक र नैतिक आधारहरू निर्माण गर्नु’ रहेको छ ।

क्रेमलिनको वेबसाइटमा प्रकाशित आदेशमा भनिएको छ, “सशस्त्र बललाई दिइएको कार्य सम्पादनमा योगदान पुर्याउने समूह र क्षेत्रीय प्रतिरक्षा एकाइमा पनि यो नियम लागू हुन्छ ।”

“लडाकूहरूले ‘रूसी सङ्घप्रति आफ्नो वफादारी, आफ्ना कमाण्डर र उच्च अधिकारीहरूको आदेशलाई कडाइका साथ पालना गर्नुहोस् र इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गर्नुहोस्,” आदेशमा भनिएको छ ।

प्रिगोजिनले आफ्ना लडाकुहरूलाई मस्कोका उच्च अधिकारीहरूविरुद्ध घातक विद्रोहमा नेतृत्व गरेको दुई महिनापछि राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

वाग्नरको भविष्यबारे सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार भने, “कानुनी रूपमा वाग्नर निजी सैन्य समूहको अस्तित्व छैन ।”

रूसमा भाडाका समूहलाई प्राविधिक रूपमा गैरकानुनी घोषित गरिएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?