Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अमेरिकामा अर्को उपाधी नजिक मेसी र मायामी


७ भदाै, काठमाडाैँ । विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको शीर्ष सुचीमा रहनुभएका अर्जेन्टिनका कप्तान लियोनल मेस्सी फेरि अर्को उपाधिको नजिक पुगेका छन् ।

चारदिन अघिमात्र अमेरिकी सकर क्लब इन्टर मियामीलाई लिग्स कप–२०२३ को उपाधि दिलाएर फुटबलका सर्वाधिक उपाधि चुम्ने खेलाडी बन्नुभएका मेस्सी पुनः अर्को उपाधिको नजिक रहेका हुन् ।

मेस्सी प्रेरित मियामी युएस ओपन फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा एफसी सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै मियामीले फाइनलमा स्थान बनाएको हो । ३६ वर्षीय मेस्सीले हालसम्म ४४ उपाधि जितिसकेका छन् । यसअघि सर्वाधिक उपाधि जित्ने खेलाडीमा ब्राजिलका ड्यानी अल्भेज थिए । उनले ४३ उपाधि जितेका थिए ।

दुई दशक समय स्पेनको बार्सिलेनामा बिताएका मेस्सीले बार्सिलोनाबाट मात्र ३५ उपाधि जितेका छन् । अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि जिताएका मेस्सीले फुटबलमा जित्न बाँकी सायद कुनै उपाधि छैन ।

युरोपका चर्चित क्लब छाडेर यसै सिजन अमेरिकी क्लब मियामीमा अनुबन्ध भएका मेस्सीले मियामीमा पनि दमदार प्रदर्शन गरिरहेका छन् । युएस ओपन अन्तर्गत बिहीबार राति मियामी र एफसी सिनसिनाटीबीचको खेल निर्धारित सयमा २–२ र अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा मियामी ५–४ ले विजयी भयो ।

टाइब्रेकरमा मियामीका गोलरक्षक ड्राक क्यालेन्डर नायक बने । उनले विपक्षी निक हागलुन्डको प्रहार बचाउँदै मियामीलाई लगातार दोस्रो उपाधि नजिक उभ्याए । टाइब्रेकरमा मियामीको लागि मेस्ससँगै, फाकुन्डो फरियास, डेविड रुइज, जोसेफ मार्टिनेज र बेन्जामिन क्रामास्चीले गोल गरे ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?