१७ जेष्ठ ,काठमाडौँ । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो ।
१७ जेष्ठ ,काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
१६ जेठ, एजेन्सी । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ । सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले
१६ जेठ, न्युयोर्क । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए । मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३०
१६ जेठ, एजेन्सी । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् । सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका
१६ एजेन्सी । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा
१६ जेठ, एजेन्सी । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासको टारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् । घटनामा गोली चलाउँने बन्दुकधारीको भने मृत्यु भएको छ । ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका
१६ जेठ, चीन । चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ । वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र
१६ जेठ, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् । प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका
१६ जेठ, एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् ।