६ जेठ, एजेन्सी । हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ । हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् । उनले पबढी वजन भएका प्रहरी अधिकारीहरूले
६ जेष्ठ ,काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन् । यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति
५ जेठ, एजेन्सी । बेइजिङ समय शुक्रबार बिहान १०:५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।
५ जेठ, एजेन्सी । अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको भ्रमण रद्द भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पपुवा न्यु गिनीमा अमेरिकाको प्रतिनिधित्व गर्ने भएका हुन् । बाइडेनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेलाई एयर फोर्स वानबाट फोन गरेर रिपब्लिकन प्रतिद्वन्द्वीसँग वार्तामा सामेल हुन आइतबार
५ जेठ, एजेन्सी । जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो बर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो बर्षको तुलनामा ६६.६ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन संगठनका
५ जेठ, एजेन्सी । कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ। "सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ।"
५ जेठ, एजेन्सी । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फस्र्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो । गत वर्षको
५ जेठ, एजेन्सी । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा ज्यान गुमाउनेको
५ जेठ, एजेन्सी । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका
५ जेठ, एजेन्सी । पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ । ट्रेजरी रिपोर्टका अनुसार, “मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै