Trending
>>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु


७ भदाै, एजेन्सी । युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भउको हो ।

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।

कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए ।

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भन्नुभयो, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

मन्त्री क्लाइमेन्कोका अनुसार विद्यालयमा काम गर्ने चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । उनले भग्नावशेषले ढाकिएको भवनको फोटो पोस्ट गरेका छन् । तस्वीरमा एक दर्जन उद्धारकर्ताहरूले घटनास्थल सफा गरेका देख्न सकिन्छ ।

क्लाइमेन्कोले भने, “फोटोमा, विद्यालयको भग्नावशेषको बीचमा सुरक्षाका लागि विश्रामगृह रहेको एउटा प्रवेशद्वार पनि देखिएको छ । भाग्यबस, आक्रमणको चेतावनीको साइरन बझ्न थालेपछि मानिसहरू त्यहाँ नगएर अन्यत्र भागेकोले थप क्षति हुनबाट जोगिएको छ ।”


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?