Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु


७ भदाै, एजेन्सी । युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भउको हो ।

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।

कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए ।

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भन्नुभयो, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

मन्त्री क्लाइमेन्कोका अनुसार विद्यालयमा काम गर्ने चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । उनले भग्नावशेषले ढाकिएको भवनको फोटो पोस्ट गरेका छन् । तस्वीरमा एक दर्जन उद्धारकर्ताहरूले घटनास्थल सफा गरेका देख्न सकिन्छ ।

क्लाइमेन्कोले भने, “फोटोमा, विद्यालयको भग्नावशेषको बीचमा सुरक्षाका लागि विश्रामगृह रहेको एउटा प्रवेशद्वार पनि देखिएको छ । भाग्यबस, आक्रमणको चेतावनीको साइरन बझ्न थालेपछि मानिसहरू त्यहाँ नगएर अन्यत्र भागेकोले थप क्षति हुनबाट जोगिएको छ ।”


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?