Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पुनर्निर्माणमा सरकारलाई सघाउन धेरै अफगान शरणार्थी घर फर्किए


५ भदाै, एजेन्सी ।  इरानबाट धेरै अफगान शरणार्थी स्वदेश फर्किएका छन् । बितेका दुई दिनमा छिमेकी देश इरानबाट दुई हजार चार सय ८२ अफगानी शरणार्थी स्वदेश फर्केका अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले  जनाएको छ ।

इरानमा वर्षौं शरणार्थीका रूपमा बसेकाहरूलाई स्वदेश फर्काउने प्रक्रियालाई उच्च प्राथमिकताका साथ जारी राखेपछि बितेका दुई दिनमा दुई हजार चार सय ८२ नागरिक आफ्नो मातृभूमि अफगानिस्तान फर्केका उक्त मन्त्रालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

मन्त्रालयले आइतबार पाकिस्तानबाट ३७ जना अफगान शरणार्थीलाई स्वदेश फर्काएको जानकारी पनि दिएको छ । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।पच्चीस लाखभन्दा बढी अफगान शरणार्थी इरानमा वैधानिक रुपमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा रहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्केर दशकौँको युद्धले तहसनहस देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?