Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

पुनर्निर्माणमा सरकारलाई सघाउन धेरै अफगान शरणार्थी घर फर्किए


५ भदाै, एजेन्सी ।  इरानबाट धेरै अफगान शरणार्थी स्वदेश फर्किएका छन् । बितेका दुई दिनमा छिमेकी देश इरानबाट दुई हजार चार सय ८२ अफगानी शरणार्थी स्वदेश फर्केका अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले  जनाएको छ ।

इरानमा वर्षौं शरणार्थीका रूपमा बसेकाहरूलाई स्वदेश फर्काउने प्रक्रियालाई उच्च प्राथमिकताका साथ जारी राखेपछि बितेका दुई दिनमा दुई हजार चार सय ८२ नागरिक आफ्नो मातृभूमि अफगानिस्तान फर्केका उक्त मन्त्रालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

मन्त्रालयले आइतबार पाकिस्तानबाट ३७ जना अफगान शरणार्थीलाई स्वदेश फर्काएको जानकारी पनि दिएको छ । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।पच्चीस लाखभन्दा बढी अफगान शरणार्थी इरानमा वैधानिक रुपमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा रहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्केर दशकौँको युद्धले तहसनहस देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?