Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरको मृत्यु


६ भदाै, एजेन्सी । मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको छ । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?