Trending
>>   युगाण्डाले पायो अफ्रिका सीडीसीबाट एमपक्स खोपको २ हजार डोज >>   राज्यका नीतिअनुसार गरेका काम र उपलब्धीहरु वार्षिक प्रतिवेदनमा समेट्न सरकारलाई निर्देशन >>   शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण >>   ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो ?’ >>   राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल >>   अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर >>   वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन >>   लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन >>   सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर >>   पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

विश्व


द्वन्द्व चलिरहँदा रूस र युक्रेनबीच खाद्यान्न सम्झौता थप गर्ने सहमति

४ जेठ, एजेन्सी । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफुले यसको समन्वय गरेको बताए । “हाम्रो

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

४ जेष्ठ ,काठमाडौँ । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

३ जेठ, एजेन्सी । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

‘सुडानीलाई सहयोग गर्न तीन अर्ब डलर आवश्यक’

३ जेठ, एजेन्सी । द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड

पटाका कारखानामा भएको विष्फोटमा ९ जना मारिए

३ जेठ, एजेन्सी । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् । पश्चिम

जापानमा बस दुर्घटना : अध्ययनका लागि गएका २ नेपाली विद्यार्थीको मृत्यु

३ जेठ, टोकियो । जापानमा भएको बस दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानी मिडियाले उल्लेख गरे अनुसार जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन्

मोचा आँधीमा परी म्यान्मारमा ८१ जनाको मृत्यु

३ जेठ, एजेन्सी । म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा

भाङयुक्त बिस्कुट खाएका दुई बालक अस्पतालमा

३ जेठ, एजेन्सी । भुलवश भाङयुक्त बिस्कुट खाएका दुई जना बालक अस्पताल भर्ना भएका छन् । छ र दुई वर्षका दाजुभाइले झुक्किएर भाङ मिसाएर बनाएका बिस्कुट खाएका थिए । अञ्जानमा बच्चाहरूले भान्सामा राखेको बिस्कुट खाएका र उनीहरू रिँगटा लागेर ढलेका बिरामी बालकका आमाले भनेकी छन् । जेठा छोराले एउटा कुकिज् र

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

३ जेठ, एजेन्सी । काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पैश गर्न आदेश दिइएको छ । काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८

आईएमएफले गर्यो श्रीलङ्काको आर्थिक सुधारको प्रशंसा

२ जेठ, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै

सम्वन्धित समाचारहरु