Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस् भन्ने हो : विवेक रामास्वामी


२ भदाै, काठमाडाैँ ।। अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्नसकिने बताएका छन् ।

केबल न्युज नेटवर्कसँगको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रुस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरूद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपतिनिर्वाचित भएपछि मस्को भ्रमण गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको साथ छाड्न रुसी राष्ट्रपतिलाई मनाउनुपर्नेमा जोड दिए ।

युक्रेनसँगको अमेरिकी संलग्नताले रुसलाई ‘चिनियाँ हतियार’तर्फ धकेलिरहेको बताउँदै उनले पुटिन आधुनिक चीनका निर्माता माओत्से तुङजस्तै भएकाले उनलाई चीनसँगको सैन्य गठबन्धनबाट बाहिर निकाल्न अपरिहार्य भएको बताए । “हामीले पुटिन पनि नहारुन्, हाम्रो पनि पराजय नहोस्” भन्ने हिसाबले अमेरिकाले काम गर्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?