Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस् भन्ने हो : विवेक रामास्वामी


२ भदाै, काठमाडाैँ ।। अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्नसकिने बताएका छन् ।

केबल न्युज नेटवर्कसँगको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रुस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरूद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपतिनिर्वाचित भएपछि मस्को भ्रमण गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको साथ छाड्न रुसी राष्ट्रपतिलाई मनाउनुपर्नेमा जोड दिए ।

युक्रेनसँगको अमेरिकी संलग्नताले रुसलाई ‘चिनियाँ हतियार’तर्फ धकेलिरहेको बताउँदै उनले पुटिन आधुनिक चीनका निर्माता माओत्से तुङजस्तै भएकाले उनलाई चीनसँगको सैन्य गठबन्धनबाट बाहिर निकाल्न अपरिहार्य भएको बताए । “हामीले पुटिन पनि नहारुन्, हाम्रो पनि पराजय नहोस्” भन्ने हिसाबले अमेरिकाले काम गर्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?