Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भारतको बिहार राज्यमा पत्रकारको हत्या


१ भदौ, एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उनको ढोका ढकढक्याएर उनलाई नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा उनको छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले भने, “यादवको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीभ, बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पत्रकारहरूसँग घटनाबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री नितिश कुमारले भने, “यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । कसरी मानिसलाई यति निर्मम तरिकाले मार्न सक्छ ?”

उनले अधिकारीहरूलाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?