Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक


३ ,भाद्र ,नयाँदिल्ली । भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ ।

भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ ।

अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टीभी च्यानल दूरदर्शन र फेसबुक र यूट्यूब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

भारतको चन्द्र मिसन–३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।

चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीहरूका बीचमा प्रचारप्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?