Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

रुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते


३ ,भाद्र ,मस्को । युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।

कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे स्टेशनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो ।

आक्रमणमा स्टेशनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ ।

आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन् ।

अघिल्लो दिन मात्र यस किसिमका ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रूसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?