Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

इरान कोलम्बियासँग लागुऔषध विरुद्धको लडाइँमा अनुभव आदानप्रदान गर्न तयार


४ भदाै, एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतबार आफ्नो देश लागुऔषध कारोबार विरुद्धको लडाइँमा कोलम्बियासँग अनुभव आदानप्रदान गर्न तयार रहेको बताएका छन् ।

इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा जारी गरिएको विज्ञप्तिअनुसार इरानका लागि भर्खरै मान्यता प्राप्त कोलम्बियाली राजदूत जुलियो एनिबल रियानो भेलान्डियासँगको भेटमा रायसीले उक्त टिप्पणी गरेका हुन् ।

भेटका क्रममा राईसीले इरानमाथिको तीव्र वैदेशिक दबाब र प्रतिबन्धका बाबजुद इरानले वैज्ञानिक, प्राविधिक र औद्योगिक क्षेत्रमा ठूलो प्रगति गरेको र ल्याटिन अमेरिकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन कटिबद्ध रहेको बताएका छन् ।

कोलम्बियाका राजदूतले इरानसँगको आर्थिक सहयोग र व्यापार आदानप्रदान आफ्नो देशको प्राथमिकतामा रहेको बताए । यसैगरी उनले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधारसँगै दुई पक्षबीच भएका १५ वटा सहयोगसम्बन्धी दस्तावेजलाई कार्यान्वयनमा तीव्रता दिन जग तयार हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?