Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

इरान कोलम्बियासँग लागुऔषध विरुद्धको लडाइँमा अनुभव आदानप्रदान गर्न तयार


४ भदाै, एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतबार आफ्नो देश लागुऔषध कारोबार विरुद्धको लडाइँमा कोलम्बियासँग अनुभव आदानप्रदान गर्न तयार रहेको बताएका छन् ।

इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा जारी गरिएको विज्ञप्तिअनुसार इरानका लागि भर्खरै मान्यता प्राप्त कोलम्बियाली राजदूत जुलियो एनिबल रियानो भेलान्डियासँगको भेटमा रायसीले उक्त टिप्पणी गरेका हुन् ।

भेटका क्रममा राईसीले इरानमाथिको तीव्र वैदेशिक दबाब र प्रतिबन्धका बाबजुद इरानले वैज्ञानिक, प्राविधिक र औद्योगिक क्षेत्रमा ठूलो प्रगति गरेको र ल्याटिन अमेरिकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन कटिबद्ध रहेको बताएका छन् ।

कोलम्बियाका राजदूतले इरानसँगको आर्थिक सहयोग र व्यापार आदानप्रदान आफ्नो देशको प्राथमिकतामा रहेको बताए । यसैगरी उनले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधारसँगै दुई पक्षबीच भएका १५ वटा सहयोगसम्बन्धी दस्तावेजलाई कार्यान्वयनमा तीव्रता दिन जग तयार हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?