१६ श्रावण, एजेन्सी । इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको
१६ श्रावण, एजेन्सी । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका
१६ श्रावण, एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन
१६ श्रावण, एजेन्सी । म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप छ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको
१५ श्रावण, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् । रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो ।
१५ श्रावण, एजेन्सी । जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो । समूहमा अपराजित रहेको जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानसँग हारेपनि स्पेनले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान
१५ श्रावण, एजेन्सी । भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली
१५ श्रावण, एजेन्सी । युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् । अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भनेका छन्, “युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको
१५ श्रावण, काठमाडाैँ । पश्चिम अफ्रिकी नेताहरूले आइतबार नाइजरमा निर्वाचित राष्ट्रपतिलाई कब्जा गरी गरिएको ‘कू’ बाट स्थापित सैन्य प्रशासनलाई सत्ता छोड्न एक हप्ताको समय दिएका छन् । उनीहरूले प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेतालाई ‘बल प्रयोग’ गरी गरिएको सैन्य विद्रोहलाई इन्कार गर्ने चेतावनी दिँदै तत्काल आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् । पन्ध्र सदस्यीय
१५ श्रावण, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित बजौर जिल्लामा एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । घटनाको पुष्टि गर्दै खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरले एएफपीसँग भने, “पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने