Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

थाइल्याण्डमा बाढीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो


एजेन्सी। दक्षिणी थाइल्याण्डमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

हाल ६ वटा प्रान्तहरूमा पानीको सतह बिस्तारै घट्दै गएको बताइएको छ । विपद् रोकथाम तथा न्यूनीकरण विभागले नोभेम्बर २२ यताको भारी वर्षा र अचानक आएको बाढीबाट १० प्रान्तका ६ लाख ६४ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको बताएको छ । करिव २९ हजार मानिसलाई अस्थायी आश्रय स्थलमा सारिएको विभागले जनाएको छ ।

सरकारका प्रवक्ता शशिकर्ण वत्थानाचनका अनुसार थाइल्याण्डका प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले सम्बन्धित निकायलाई विपद् रोकथाम र राहत, जनस्वास्थ्य कर्मचारी, यातायात, साथै आपतकालीन अवस्थामा मानिसहरूलाई सहयोग गर्नका लागि मेसिनरी र उपकरणहरू तयार गर्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?