Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ


काठमाडौँ । टर्की प्रहरीले मंगलवार देशभर ठूलो मात्रामा कारबाही गर्दै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग आवद्ध ७७ जना संदिग्धलाई पक्राउ गरेका छन् । राज्य–सञ्चालित अनादोलु एजेन्सीले यो अपरेसन पश्चिमी बन्दरगाह शहर इज्मिरमा मुख्य सार्वजनिक अभियोजकको कार्यालयका अभियोजकहरूले आईएसलाई वित्त पोषण गर्ने अनुसन्धानको एक हिस्सा रहेको बताएका छन् ।

अभियोजकहरूले ११४ संदिग्धहरूलाई पक्राउ पुर्जी जारी गरेका थिए । अन्य २९ जना अभियुक्तलाई पक्राउ गर्ने प्रयास जारी छ भने ८ जना विदेशमा छन् । छापा मार्ने क्रममा अधिकारीहरूले ठूलो संख्यामा डिजिटल सामग्री र प्रतिवन्धित प्रकाशनहरू पनि बरामद गरेका थिए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?