Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिए


अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आफ्नो छोराको सजाय माफी वा कम गर्न कार्यकारी शक्ति प्रयोग नगर्ने आफ्नो पहिलेको अडानलाई उल्टाउँदै उनले माफी दिएका हुन् । पदभार ग्रहण गरेको दिनदेखि नै न्याय विभागको निर्णयमा हस्तक्षेप नगर्ने भनेको र छोरालाई छनोट र अनुचित रूपमा मुद्दा चलाइएको देखे पनि आफूले वचन पूरा गरेको बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।

बाइडेनले हन्टरलाई भिन्न व्यवहार गरिएको र कँग्रेसका राजनीतिक विपक्षीहरूले आफूमाथि आक्रमण गर्न र चुनावको विरोध गर्न उक्साएको आरोप लगाए । हन्टर बाइडेनलाई सन् २०१८ को जुनमा कोकिन क्र्याकको लतमा बन्दुक किनेको आरोपमा दोषी ठहर गरेका थिए । वर्तमान राष्ट्रपतिका सन्तान अपराधमा दोषी ठहर भएको यो पहिलो पटक हो । उनलाई डिसेम्बर १२ मा सजाय सुनाइने भनिएको थियो । राष्ट्रपतिका छोरालाई पनि संघीय कर छलीको आरोपमा डिसेम्बर १६ मा सजाय सुनाइने थियो । जसमा उनले सेप्टेम्बरमा दोषी स्वीकार गरेका थिए । कर मुद्दामा १.४ मिलियन अमेरिकी डलर भन्दा बढी भुक्तान नगरिएको कर समावेश छ ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?