Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घानामा आम चुनाव अघि विशेष मतदान


काठमाडौँ । डिसेम्बर ७ मा हुने आमचुनाव अघि विशेष मतदानका लागि घानाभरका चुनिएका मतदान केन्द्रहरूमा मतदान भएको छ । विशेष मतदानले मुख्य निर्वाचनको समयमा मतदान केन्द्रबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मी, पत्रकार, निर्वाचन आयोगका पदाधिकारी र नागरिक समाजका कार्यकर्ता लगायतका व्यक्तिहरूलाई मतदान गर्न अनुमति दिन्छन्  । निर्वाचन आयोगले विशेष मतदानमा दर्ता भएका मतदातामध्ये ०.००७ प्रतिशत प्रतिनिधित्व गर्ने करिव १ लाख ३१ हजार ४७८ व्यक्तिले आफ्नो मत हाल्न योग्य रहेको बताएका छन्  । कोर्ले–क्लोटेई निर्वाचन क्षेत्रका संसदका वर्तमान सदस्य जेनेटोर अग्येमान–रावलिंग्सले सिन्ह्वालाई विशेष मतदानको प्रक्रिया सुचारु भएको बताए  ।

अयावासो वेस्ट वुगोन निर्वाचन क्षेत्रको लेगोन पुलिस स्टेशन मतदान केन्द्रमा, नगरपालिका निर्वाचन अधिकारी लिडिया इगाइरीले सहज प्रक्रियाबाट सन्तुष्टि व्यक्त गरे  ।

निर्वाचन आयोगकाअनुसार केही मतपत्र समय अगावै बाहिर आएका कारण पश्चिम क्षेत्र र पूर्वी क्षेत्रका लागि विशेष मतदान पुस ५ गतेसम्मका लागि सारिएको छ । डिसेम्बर ७ मा घानाका मतदाताहरूले नयाँ राष्ट्रपति र संसदका २७६ सदस्यहरू चयन गर्न मतदान गर्नेछन् ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?