Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

घानामा आम चुनाव अघि विशेष मतदान


काठमाडौँ । डिसेम्बर ७ मा हुने आमचुनाव अघि विशेष मतदानका लागि घानाभरका चुनिएका मतदान केन्द्रहरूमा मतदान भएको छ । विशेष मतदानले मुख्य निर्वाचनको समयमा मतदान केन्द्रबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मी, पत्रकार, निर्वाचन आयोगका पदाधिकारी र नागरिक समाजका कार्यकर्ता लगायतका व्यक्तिहरूलाई मतदान गर्न अनुमति दिन्छन्  । निर्वाचन आयोगले विशेष मतदानमा दर्ता भएका मतदातामध्ये ०.००७ प्रतिशत प्रतिनिधित्व गर्ने करिव १ लाख ३१ हजार ४७८ व्यक्तिले आफ्नो मत हाल्न योग्य रहेको बताएका छन्  । कोर्ले–क्लोटेई निर्वाचन क्षेत्रका संसदका वर्तमान सदस्य जेनेटोर अग्येमान–रावलिंग्सले सिन्ह्वालाई विशेष मतदानको प्रक्रिया सुचारु भएको बताए  ।

अयावासो वेस्ट वुगोन निर्वाचन क्षेत्रको लेगोन पुलिस स्टेशन मतदान केन्द्रमा, नगरपालिका निर्वाचन अधिकारी लिडिया इगाइरीले सहज प्रक्रियाबाट सन्तुष्टि व्यक्त गरे  ।

निर्वाचन आयोगकाअनुसार केही मतपत्र समय अगावै बाहिर आएका कारण पश्चिम क्षेत्र र पूर्वी क्षेत्रका लागि विशेष मतदान पुस ५ गतेसम्मका लागि सारिएको छ । डिसेम्बर ७ मा घानाका मतदाताहरूले नयाँ राष्ट्रपति र संसदका २७६ सदस्यहरू चयन गर्न मतदान गर्नेछन् ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?