१० असार, एजेन्सी । फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो। युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न
१० असार, एजेन्सी । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका 'निकटको समन्वयमा रहने बताएका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी
१० असार, एजेन्सी । ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा
९ असार ,ढाका । बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि
९ असार ,मस्को । रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं,” मन्त्रालयले
९ असार, एजेन्सी । जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । “सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् ।
९ असार, एजेन्सी । रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको "सुरक्षाको ग्यारेन्टी" गर्ने बताएको छ । "हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं। तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो," सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । सेनाले
९ असार, एजेन्सी । ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले "असत्यको सामान्यीकरण"का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् । द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममाफौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो । "म
९ असार, एजेन्सी । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेका छन् ।
९ असार, इस्लामावाद । गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो । डुङ्गा डुब्दा