Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी


नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

“स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ”, सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भनेका छन् ।

स्लोभाकियाका चौथो पटक प्रधानमन्त्री रहनुभएका रोबर्ट फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते हुनुभएको स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री फिको मानिसहरूलाई भेट्न निस्किँदा घटनास्थलमा गोली प्रहार गरिएको थियो भने आरोपित आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरिएको थियो र उक्त क्षेत्र खाली गराइएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री फिको उहाँलाई स्वागत गर्ने मानिसहरूलाई भेट्न बाहिर आएपछि गोलीको आवाज सुनिएको थियो । त्यसपछि फिकोलाई रगतमा लतपतिएको अवस्थामा भुइँमा लडेको पाइएको थियो । यो घटना ह्यान्डलोभामा भएको सरकारी बैठकपछि भएको हो र घटनापश्चात प्रधानमन्त्री फिकोलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?