Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

एएफसी महिला एसियाली कप २०२६ को आयोजना अस्ट्रेलियाले गर्ने


क्यानबेरा फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ ।

एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई अहिलेसम्मकै उत्कृष्ट महिला विश्वकपका रूपमा वर्णन गर्नुभएको थियो ।

सन् २०२६ मा १२ टिमकोे महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु,) क्विन्सल्यान्ड र पश्चिमी अस्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् । सिड्नीको स्टेडियम अस्ट्रेलियामा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?