Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो


एजेन्सी।अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताउनुभएको छ ।फरयाब प्रान्तका अर्का अधिकारीले सोही दिन दिउँसो १८ जनाको मृत्यु भएको बताए ।

“यससँगै अफगानिस्तानमा बाढीमा परी पछिल्ला दुई दिनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ,” मोहम्मदीले बताएका छन् । प्रान्तको बेलचाराग, चेहलगाजी र कारघान जिल्लामा भएको प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

यसैबीच घोर प्रान्तमा शुक्रबार र शनिबार आएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले आइतबार बताए।


प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?