Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

बेलायतमा बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने


लन्डन। बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ ।

यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि अनपयुक्त विचलित सामग्रीको सम्पर्कमा आउँदैनन भन्नेबारे अभिभावकले भरोसा गरेका हुन्छन्”, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “त्यसैले गत वर्ष हाम्रा कक्षाहरूमा यस्तो भएको खबर सुनेर म भयभीत भएको थिएँ ।”

नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ ।

गत महिना लैङ्गिक पहिचानका मुद्दाहरूसँग जुधिरहेका युवाहरूलाई नारी बनाउने हर्मोन उपचारहरू सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।

नयाँ प्रस्तावमा आत्महत्या रोकथाममा थप सामग्री र अनलाइन आत्मक्षतिलाई बढाउने सामग्री हेर्ने जोखिमहरू पनि समावेश हुनेछ । प्रस्ताव नौ साताको परामर्शको अधीनमा हुनेछ र अन्तिम रूप दिइएपछि वैधानिक हुनेछ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?