२१ चैत्र, एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्। कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ । एघारजना
२१ चैत्र, एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन। भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।
२१ चैत्र, एजेन्सी । फिनल्याण्ड आजदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी
२० चैत्र, एजेन्सी । साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख
२० चैत्र, जर्मनी । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स
२० चैत्र, एजेन्सी । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित
१९ चैत्र, एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनारवेदन गर्ने भएका छन्। गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सोमबार सेसन
१९ चैत्र, एजेन्सी ।x अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् । दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत
१९ चैत्र, एजेन्सी । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ
१९ चैत्र, एजेन्सी । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ