Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको संख्या घटाइयो


१८ असार, काठमाडाैँ । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्यांकको प्रयोगमा कमी ल्याउन प्रतिदिन बढीमा १० हजार ट्वीट पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन्।

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निःशुल्क रूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश) प्रयोगकर्ताले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन्।

त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५ सय मात्र ट्वीट पढ्न पाउनेछन्। मस्कले एक ट्वीटमा भनेका छन् ‘तथ्यांक प्रेषण (डाटा स्क्रैपिङको चरम स्तर)लाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो।’

मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको छ। ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन्।

मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव नरहेकाे घोषणा गरेका थिए। अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोध निम्त्याइरहेको मस्कले बताएका छन्।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?