Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको संख्या घटाइयो


१८ असार, काठमाडाैँ । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्यांकको प्रयोगमा कमी ल्याउन प्रतिदिन बढीमा १० हजार ट्वीट पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन्।

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निःशुल्क रूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश) प्रयोगकर्ताले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन्।

त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५ सय मात्र ट्वीट पढ्न पाउनेछन्। मस्कले एक ट्वीटमा भनेका छन् ‘तथ्यांक प्रेषण (डाटा स्क्रैपिङको चरम स्तर)लाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो।’

मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको छ। ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन्।

मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव नरहेकाे घोषणा गरेका थिए। अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोध निम्त्याइरहेको मस्कले बताएका छन्।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?