Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेटवार्ता


१९ असार, एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फुले सोमबार बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा उनीहरूबीच क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न पहल गर्ने बारे छलफल भएको बताइएको छ ।

वार्ताका क्रमममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताएका छन् ।

उनले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गरेको बताइएको छ ।

आफ्नो तर्फबाट येभमेनोभले रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?