Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेटवार्ता


१९ असार, एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फुले सोमबार बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा उनीहरूबीच क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न पहल गर्ने बारे छलफल भएको बताइएको छ ।

वार्ताका क्रमममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताएका छन् ।

उनले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गरेको बताइएको छ ।

आफ्नो तर्फबाट येभमेनोभले रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?