Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सडक दुर्घटनामा दक्षिण अफ्रिकामा १५ जनाको मृत्यु


१८ असार ,केप टाउन । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस ट्याक्सी र भारी बोक्ने ट्रक ठोक्किँदा एक जना बालकसहित १५ जनाको मृत्यु भएको छ ।

प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार राति ११ बजेतिर मिडलबर्ग नजिकै एन ९ सडकमा भारी बोक्ने ट्रकले जनावरलाई ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएको र दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा मृत्यु हुने १५ जना सबै मिनीबस ट्याक्सीका यात्रु रहेको बुझिएको छ ।

मृत्यु हुनेमा नौ महिला, चार पुरुष र दुई बालिका, दुई वर्षका र दुई महिनाका बालक रहेको प्रवक्ताले जानकारी दिएका छन् । ट्रकका चालक भणे सामान्य घाइते भएका छन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?