Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु


१८ असार, एजेन्सी । इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै हेलिकप्टरबाट क्षेप्यास्त्र प्रहार गरिएको दुई हप्तापछि पुनः ड्रोन आक्रमण सुरु भएको हो ।

इजरायलले उत्तरी पश्चिम किनारामा रहेको प्यालेस्टिनी सशस्त्र समूहहरूको प्रभाव रहेको जेनिन शहर र यसको नजिकैको शरणार्थी शिविर, इजरायल र प्यालेस्टिनी समुदायहरूमा यहूदी बस्तीहरूबाट आक्रमणहरू भएका भन्दै कारबाही शुरू गरेको जनाएको छ ।

प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ ।

जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भने, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट पनि आक्रमण भइरहेको छ ।”

उनले भने, “धेरै घर र वस्ती वरपर बम बारी भएको छ । जताततैबाट धुवाँ उडिरहेको छ ।”

इजरायली सेनाले स्थानीय लडाकू समूह ‘जेनिन ब्रिगेड’को कमाण्ड पोष्टका रूपमा रहेको संयुक्त कारबाही केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ ।

यो क्षेत्र प्यालेष्टिनी नेता महमुद अब्बासको प्यालेस्टिनी प्राधिकरणको नियन्त्रणमा छ र यसको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण छ ।

सेनाका अनुसार सोमबार बिहानै गरिएको कारबाहीमा ‘अवलोकन’ स्थल, हतियार भण्डारण केन्द्र र हालैका महिनाहरूमा इजरायलमाथि लक्षित आक्रमण गरेका आरोपित लुकेको ठाउँलाई लक्षित गरिएको थियो ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व गत वर्षको सुरुदेखि नै थप हिंसात्मक बनेको छ । डिसेम्बरमा लिकुड पार्टी र अति दक्षिणपन्थी तथा अति–अनुदारवादी यहूदी सहयोगीहरूबीचको गठबन्धनमा सत्ता सम्हालेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता सम्हालेपछि इजरायल थप आक्रामक बनेको देखिन्छ ।

नेतन्याहूको गठबन्धनमा अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गिभरलगायत कट्टरपन्थी बस्तीबाट निर्वाचित नेताहरू समावेश छन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?