Trending
>>   घरघरको शोभा र औषधि तुलसी ! >>   किन यसैबेला काठमाडौं आए भारतीय सेना प्रमुख? >>   उपनिर्वाचनः तीन स्थानमा चुनावै नभइ निर्विरोध निर्वाचित ! >>   दुर्गा प्रसाईंसँगै पक्राउ परेका ९ जनालाई मुद्दा ! >>   कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य… >>   चौबिस घण्टाभित्र हवाईभाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन >>   सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना >>   ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ >>   करिब एक हजार ७ सय १७ किलो गाँजा सहित एक जना पक्राउ >>   चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा
Logo
५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

युगाण्डामा २ सैनिकसहित ४ जनाको हत्या


१९ असार, एजेन्सी । युगाण्डाको सेनाले सोमबार देशको उत्तरपूर्वी जिल्ला कोटिडोमा हतियारधारी गाईवस्तुहरू पाल्ने समूहले दुई सैनिकसहित चार जनाको हत्या गरेको जनाएको छ।

सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकूहरूले केको लोपुयो व्यापार केन्द्रमा एक जना कमाण्डर एक जना सिपाही र एक स्थानीय नेता र अर्का नागरिकको हत्या गरेका थिए।

संदिग्धहरू सिपाहीको बन्दुक लिएर भाग्न सफल भएको बताइएको छ।

उत्तरपूर्वी युगाण्डाको कारामोजा क्षेत्र परम्परागतरूपमा गाईवस्तु चराउने अभ्यासका लागि परिचित छ। गाईवस्तुले कारामोजोङ संस्कृति र अर्थतन्त्रमा केन्द्रीय महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?