१४ असार ,दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको
१२ असार, जुम्ला । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर
१२ असार ,जाजरकोट । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो । विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण
११ असार ,सुर्खेत/भेरीगङ्गा । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय
११ असार, बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन
११ असार, डडेल्धुरा । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालबाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो । सोमबार बिहान धनगढीबाट बाजुरा जाँदैगरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको
११ असार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । पशुपालन व्यवस्थालाई प्रवद्र्धन गर्न विपन्न र आर्थिक अवस्था
११ असार, दार्चुला । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ४८ वर्षीय भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि
१० असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताए । उनका अनुसार बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकैको
१० असार, बैतडी । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छ्याइएपछि राजमार्ग