Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु


१४ असार ,दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज बेलुका मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए । उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए । “रातिको समयमा प्रहरी घटनास्थल पुग्नसक्ने अवस्था छैन, पानी परेकाले समस्या छ, ड्यामबाट खसेको डुङ्गा लागेर एक जना बालकको मृत्यु भएको सूचना पाएका छौँ, प्रहरी घटनास्थल भोलि बिहान मात्रै पुग्छ होला”, प्रहरी प्रमुख लम्सालले भने ।

ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए । “ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्”, उनले भने ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?