२५ चैत्र, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन्
२४ चैत्र, भैरहवा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा
२४ चैत्र, पाल्पा । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक
२४ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । उपमहानगरपालिकाका
२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए । कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये
२२ चैत ,लुम्बिनी । लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा
२२ चैत ,लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक
२२ चैत्र, लुम्बिनी । विद्युत् प्राधिकरणले लुम्बिनी प्रदेशसभाको लाइन काटिदिएको छ । लामो समयसम्म महसुल नतिरेपछि प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदिएको हो । प्राधिकरणले लाइन काटेपछि जेनेरेटर चलाएर बैठक सुरू गरिएको थियो । लुम्बिनी प्रदेशसभाको बैठक तीन महिनापछि मंगलबार बसेको हो । उक्त प्रदेशसभाको विद्युत महसुल कस्ले तिर्ने
२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ ।
२२ चैत्र, दाङ । दाङमा एसइई दिँदै गरेकी छात्रा शिक्षकबाटै बलात्कृत भएकी छिन् । एक शिक्षकले एसइई दिँदै गरेकी छात्रामाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो । ङ शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइई दिइरहेकी विद्यार्थीमाथि करणी भएको भन्दै उजुरी परेको हो