Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मौरीपालनमा कृषक आकर्षित


२४ चैत्र, पाल्पा । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछन् ।

“स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उनले भने, “व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताका आधारमा सहयोग गरिरहेको छ, व्यावसायिक गर्ने किसान क्रमिकरुपमा बढिरहनुभएको छ ।”

मौरी प्रवद्र्धनका लागि विगत वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिका लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ ।

प्रयोगात्मकरुपमा प्रविधिबारे जानकारी पाएपछि मौरीपालनमा धेरै सहज भएको कृषक टीकाराम पाठक बताउनुहुन्छ । उहाँका घरमा हाल १६ वटा आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमितरुपमा मौरीपालन व्यवसाय गरिरहेका छन् । एक घारबाट सुरु गर्नुभएका पाठकले घार बढाउँदै गएका छन् ।

“मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायतका प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजनलगायतका प्रविधिमा व्यवसायी पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यावसायीकरणमा समस्या हुन्छ”, उनले भने ।

कृषकको माग र आवश्यकताका आधारमा हरेक वर्षजसो मौरीपालन प्रवद्र्धनका कार्यक्रम कार्यालयबाट भइरहेको र व्यावसायिकरुपमा गर्नेले यसबाट मनग्य कमाइ गरिरहेको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताएका छन् ।

प्रशस्त चरनको क्षेत्र, बगैँचा, घरका आँगन, बार्दली, बारीका कान्ला, डिलमा घार राखेर मौरीपालन गर्नेको रामपुर क्षेत्रमा आकर्षण बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् ।

सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?