Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मुख्यमन्त्री गिरीले निरीक्षण गरे प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थल


२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् ।

विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ । मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए ।

विश्वविद्यालयको‘सिनेट’ बैठक आज नै नेपालगञ्जमा हुँदैछ । सो बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ति र थप बजेट माग गर्ने निर्णय गर्ने बताइएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?