Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मुख्यमन्त्री गिरीले निरीक्षण गरे प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थल


२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् ।

विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ । मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए ।

विश्वविद्यालयको‘सिनेट’ बैठक आज नै नेपालगञ्जमा हुँदैछ । सो बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ति र थप बजेट माग गर्ने निर्णय गर्ने बताइएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?