Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै


२२ चैत ,लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको हो ।

खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको भनाइ छ।

प्रतियोगितामा भाग लिन २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रण गरिएको थियो । कपिलवस्तुको तिलौराकोट दरबारबाट भोलि बिहान ७ बजे सुरु हुने म्याराथन लुम्बिनीको शान्तिदीपमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा नेपालका विभागीय टिमसहित विभिन्न देशका ५० भन्दाबढी धावक सहभागी हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ५० हजार र तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए।

यसैगरी उत्कृष्ट १०औँ स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?