Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै


२२ चैत ,लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको हो ।

खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको भनाइ छ।

प्रतियोगितामा भाग लिन २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रण गरिएको थियो । कपिलवस्तुको तिलौराकोट दरबारबाट भोलि बिहान ७ बजे सुरु हुने म्याराथन लुम्बिनीको शान्तिदीपमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा नेपालका विभागीय टिमसहित विभिन्न देशका ५० भन्दाबढी धावक सहभागी हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ५० हजार र तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए।

यसैगरी उत्कृष्ट १०औँ स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?