२४ वैशाख, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन
२३ वैशाख ,गोरखा । गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ । गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो । लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका
२३ वैशाख ,कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जिटेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही
२३ वैशाख ,अन्नपूर्ण (कास्की) । विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै लछन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ । विभिन्न गाउँबाट
२३ वैशाख, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा
२३ वैशाख, मनाङ। हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ । विद्यालयमा पुस्तक पुर्याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही
२३ वैशाख, पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई
२३ वैशाख ,वालिङ । बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा
२३ वैशाख ,गलकोट । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुगीन् । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमान्को मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकि
२३ वैशाख ,तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए