Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

करण केसी र साबित्रा भण्डारी वर्ष खेलाडी


२४ वैशाख, पोखरा । सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बनेका छन् ।

केसीले मनोनयमा परेका आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की)लाई पछाडी पार्दै अवार्ड हात पारेका हुन् ।यस्तै भण्डारीले आर्चरीकी रोजिना थापामगर(बागलुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर(बागलुङ)लाई पछाडी पारेका हुन् । वर्ष खेलाडी केसी र भण्डारीले टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।

यस्तै क्रिकेटका सुवास भण्डारी(बागलुङ)ले उदियमान बर्ष खेलाडीको उपाधि हात पारेका छन् । भण्डारीले भलिवलमा रवि केसी(बागलुङ), फुटवलका सुमित श्रेष्ठ(कास्की)लाई पछाडी पार्दै उपाधि जित्नु भएको हो । यस्तै आर्चरीका किशोर कुमार गुरुङ(स्याङजा)ले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । गुरुङले लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार(कास्की)लाई पछाडी पार्नु भएको हो ।

यस्तै पत्रकार सागरमणी तिमिल्सिना (कास्की) ले बर्ष उत्कृष्ठ पत्रकार अवार्ड पाउदाँ वर्ष उत्कृष्ट खेलकुद संघसंस्था अवार्ड कास्की ह्याण्डबलले पाएको हो । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फका विजेताले ३५/३५ हजार रुपियाँका साथ ट्रफी प्राप्त गरेका हुन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान प्रदान गरिएको थियो ।

विजेतालाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, पूर्व मुख्यन्त्री खगराज अधिकारी लगायतले अवार्ड वितरण गरेका थिउ ।

गण्डकी प्रदेशका खेलकुद पत्रकारको साझा संस्था खेलकुद पत्रकार मञ्च २०५७ सालमास्थापना भएको थियो । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको हो ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?