Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

दर्ताबिना सञ्चालन भइरहेका पसलमा जिल्ला प्रशासनले लगायो ताला


२४ वैशाख, बागलुङ । पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भने, “अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताए ।

पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?