Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

खानेपानी आयोजना निर्माण सम्पन्न


२५ वैशाख ,गोरखा । जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिए ।

सिरानचोक गाउँपालिका–२, स्थित थालाजुङ आरुबोट कोप्चे खानेपानी आयोजना, धार्चे गाउँपालिका–३ मा रहेको उतिसखोला खानेपानी आयोजना, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा रहेको आरुबोट कोप्चे खानेपानी आयोजना यस वर्ष निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

त्यस्तै पालुङटार नगरपालिका–३ स्थित पाच्यान जुगेखोला खानेपानी योजना, चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँ खानेपानी आयोजना र गोरखा नगरपालिका –१, मा रहेको बाह्रबिसे ताप्ले खानेपानी आयोजना पनि चालु आवमा निर्माण सम्पन्न भएको प्रमुख पौडेलले बताए ।

त्यस्तैबाहेक १८ वटा खानेपानी आयोजना चालु आवभित्रै निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको उनको भनाइ छ । “९५ प्रतिशत निर्माण सम्पन्न भएका पनि थप १४ वटा आयोजना छन्, उनले भने”, ९० प्रतिसत निर्माण सम्पन्न भइसकेका योजनाहरु चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुन्छ ।”

प्रमुख पौडेलले जिल्लाभर निर्माणको प्रक्रियामा रहेकामध्ये थप चार आयोजनाको पनि ९० प्रतिसत भन्दाबढी काम भइसकेको बताए । उनले जिल्लाको आरुघाट, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिकाभित्र दुई/दुई वटा, पालुङटार नगरपालिकामा तीन वटा, भीमसेन थापा, अजिरकोट र गोरखा नगरपालिकाभित्रका एक/एक वटा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाभित्रका दुई तथा अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाभित्र एक/एक आयोजनाको काम ९० प्रतिशत भइसकेको प्रमुख पौडेलले बताए । जिल्लामा रहेको योजनामध्ये गण्डकी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसरसफाइ डिभिजन कार्यालयको तर्फबाट मात्र दुईसय ३५ वटा योजनाहरु रहेका छन् ।त्यस्तै सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रम तथा योजनको जलवायु अनुकूलित बृहत् खानेपानी योजनाअन्तर्गतका कार्यक्रम पनि जिल्लामा छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?