Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

खानेपानी आयोजना निर्माण सम्पन्न


२५ वैशाख ,गोरखा । जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिए ।

सिरानचोक गाउँपालिका–२, स्थित थालाजुङ आरुबोट कोप्चे खानेपानी आयोजना, धार्चे गाउँपालिका–३ मा रहेको उतिसखोला खानेपानी आयोजना, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा रहेको आरुबोट कोप्चे खानेपानी आयोजना यस वर्ष निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

त्यस्तै पालुङटार नगरपालिका–३ स्थित पाच्यान जुगेखोला खानेपानी योजना, चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँ खानेपानी आयोजना र गोरखा नगरपालिका –१, मा रहेको बाह्रबिसे ताप्ले खानेपानी आयोजना पनि चालु आवमा निर्माण सम्पन्न भएको प्रमुख पौडेलले बताए ।

त्यस्तैबाहेक १८ वटा खानेपानी आयोजना चालु आवभित्रै निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको उनको भनाइ छ । “९५ प्रतिशत निर्माण सम्पन्न भएका पनि थप १४ वटा आयोजना छन्, उनले भने”, ९० प्रतिसत निर्माण सम्पन्न भइसकेका योजनाहरु चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुन्छ ।”

प्रमुख पौडेलले जिल्लाभर निर्माणको प्रक्रियामा रहेकामध्ये थप चार आयोजनाको पनि ९० प्रतिसत भन्दाबढी काम भइसकेको बताए । उनले जिल्लाको आरुघाट, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिकाभित्र दुई/दुई वटा, पालुङटार नगरपालिकामा तीन वटा, भीमसेन थापा, अजिरकोट र गोरखा नगरपालिकाभित्रका एक/एक वटा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाभित्रका दुई तथा अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाभित्र एक/एक आयोजनाको काम ९० प्रतिशत भइसकेको प्रमुख पौडेलले बताए । जिल्लामा रहेको योजनामध्ये गण्डकी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसरसफाइ डिभिजन कार्यालयको तर्फबाट मात्र दुईसय ३५ वटा योजनाहरु रहेका छन् ।त्यस्तै सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रम तथा योजनको जलवायु अनुकूलित बृहत् खानेपानी योजनाअन्तर्गतका कार्यक्रम पनि जिल्लामा छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?