पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । उक्त जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो
गण्डकी। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं- ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । त्यसैगरी
२२ ,कात्तिक ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ । सो दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको आजको बैठकले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिईन् । “विपद्
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उनले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन
गण्डकी। प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो । यही मङ्सिर १६ गते प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न
गलकोट,बागलुङ। बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । त्यस्तै, विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति
गोरखा। गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो । त्यसैगरी एघार किलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण
गण्डकी। होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड,धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो । सूर्योदयको स्थल
२० ,कात्तिक ,गण्डकी । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री,
गोरखा। गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । यसवर्षको