Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

माओवादी गण्डकी प्रदेशसभा सदस्यको सात दिनको तलब भूकम्पपीडितलाई


२२ ,कात्तिक ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको आजको बैठकले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिईन् ।

“विपद् र शोकको घडीमा राहत र उद्धारमा सहयोग पु¥याउन दलको तर्फबाट सो सहयोग रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ ।” पुनले भनिन् । नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेशसभामा सभामुखसहित आठ सदस्य रहेका छन् ।

माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्थास्थ्य लाभको कामना गरेको छ । गण्डकी प्रदेशसभामा रहेका ठूला तीन वटै दलले भूकम्प प्रभावितका लागि राहत प्रदान गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसले प्रदेशसभा सदस्यहरुको १५ दिनको तलब राहत स्वरुप प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नेकपा (एमाले) ले पनि राहत कोषमा प्रदेशसभा सदस्यहरुको एक हप्ताको तलब जम्मा गर्ने निर्णय गरिसकेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा कास्कीका विभिन्न सङ्घ संस्था तथा निकायले सहयोग गरेका छन् ।

भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले प्रभावितहरुका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी पोखरा महानगरपालिकाले रु ५० लाख बराबरको राहत सहयोग गर्ने निर्णय गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले दुवै जिल्लाका प्रभावितको लागि रु एक/एक लाखको दरले राहत पठाएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?