Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

माओवादी गण्डकी प्रदेशसभा सदस्यको सात दिनको तलब भूकम्पपीडितलाई


२२ ,कात्तिक ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको आजको बैठकले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिईन् ।

“विपद् र शोकको घडीमा राहत र उद्धारमा सहयोग पु¥याउन दलको तर्फबाट सो सहयोग रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ ।” पुनले भनिन् । नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेशसभामा सभामुखसहित आठ सदस्य रहेका छन् ।

माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्थास्थ्य लाभको कामना गरेको छ । गण्डकी प्रदेशसभामा रहेका ठूला तीन वटै दलले भूकम्प प्रभावितका लागि राहत प्रदान गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसले प्रदेशसभा सदस्यहरुको १५ दिनको तलब राहत स्वरुप प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नेकपा (एमाले) ले पनि राहत कोषमा प्रदेशसभा सदस्यहरुको एक हप्ताको तलब जम्मा गर्ने निर्णय गरिसकेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा कास्कीका विभिन्न सङ्घ संस्था तथा निकायले सहयोग गरेका छन् ।

भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले प्रभावितहरुका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी पोखरा महानगरपालिकाले रु ५० लाख बराबरको राहत सहयोग गर्ने निर्णय गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले दुवै जिल्लाका प्रभावितको लागि रु एक/एक लाखको दरले राहत पठाएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?