Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क


गण्डकी। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं- ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । त्यसैगरी बाजापार्क पहिलो पटक देखेको र बाजा समेत बजाउन पाउँदा छुट्टै आनन्द आएको पार्कमा पुगेका बगलुङ जिल्लाको काठेखोला वडा नं- ७ वडाध्यक्ष प्रेम लामिछानेले बताए । उक्त गण्डकी प्रदेशस्थित सामुदायिक वन उपभोक्ता महासंघद्धारा आयोजित दुईदिने कानुनी क्षमता अभिवृद्धि तालिममा सहभागी हुन सो क्षेत्रमा पुपुगेका लामिछानेले भने, “स्थानीय सरकारका विभिन्न शिर्षकमा जाने बजेटबाट यस्ता मौलिक एवम् पर्यटकीय स्थल निर्माणमा जोड दिनु आवश्यक छ ।” अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिने सो क्षेत्रसहित नौमती बाजा पार्कको प्रचार प्रसारमा जोड दिनुपर्नेमा उनको सुझाव रहेको थियो । उक्त पार्कमा सुमधुर तथा शुभ सन्देश दिने नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्यालि, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ । यस क्षेत्रमा आएर बास वस्ने पर्यटकले पार्कमा रहेको बाजा बजाएर रमाउने गरेको स्थानीय नन्दलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै, अस्तामस्थित मिस्टिक हाइल्याण्ड रिसोर्टका सञ्चालकसमेत रहनुभएका उनका अनुसार नौ वाद्यवादक कलाकारहरुले सुर र तालका साथै एकैचोटी बजाउने गरिएकाले यो सामूहिक बाजालाई नौमती बाजा भनिएको हो भने विशेषगरी आलुमिनियम, तामा, पित्तललगायत धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ । नेपालीको मौलिक पहिचान बनेको नौमती बाजाका लागि पोखरा र आसपासमा ख्याति कमाएको अस्तामको बाजा चिरस्थायी राख्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको उनको भनाइ रहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिता परिचालन एवम् माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा रु १६ लाखको लागतमा निर्माण गरिएको पार्क चार बर्ष अघिदेखि सञ्चालनमा आएको हो । उक्त पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डबाट करिव छ किलोमिरको दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि कुनै पनि टिकट लाग्दैन भने सो स्थानसम्म पुग्नका लागि संङ्घीय सरकारको रु २५ करोडको लगानीमा मोटर बाटो स्तरोन्नति गरिरहेको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?