Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण


पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । उक्त जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । सो विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो । उक्त कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधिहरू छन् भने ती सामग्री आज बिहान काठमाडौं आइपुगेका छन् । सबै राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ । उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ भने आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।

 


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?