Trending
>>   शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन >>   एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस >>   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने >>   नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ? >>   नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री >>   रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा >>   कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः परियार >>   ‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’ >>   कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै >>   ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

गण्डकी


ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण

दमौली। तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलब्ध गराएको छ । व्यास(१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन,बागलुङ। आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए।

बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुला पत्र

काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप ढुङ्गानाले खुला पत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतङ्क र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुङ्गानाले मेयरलाई खुला पत्र लेखेका हुन् । उनले लेखेको खुला पत्र जस्ताको तस्तै । मेयर साहेब, नमस्कार, हामी निर्वाचित

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की। पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दै छन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता

बागलुङको माथिल्लो क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर

ढोरपाटन,बागलुङ। बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिएका छन्

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी। गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चा.लु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन् । उक्त समितिका सदस्य

पर्यटक तान्ने थलो बन्‍दै गण्डकीको माझीकुना

गण्डकी। बेगनास आफैँमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । १५ वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ

बागलुङमा  पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण

ढोरपाटन,बागलुङ। पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखले धुरीमार्ग निर्माण सुरु गरिएको हो । त्यसैगरी, धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू

गण्डकीलाई हराउँदै पुलिस क्लब फाइनलमा

काठमाडौं। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । उक्त जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा

सडक कालोपत्र गर्न ढिलाइ

गलकोट,बागलुङ। शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मी सहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले

सम्वन्धित समाचारहरु